तस्वीरमा प्रचण्‍ड-माधव समूहको नेपाल बन्द



काठमाडौं, माघ २२ । संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको  विरोधमा नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव समूहले बिहीबार नेपाल बन्द गर्‍यो ।

बन्दका कारण लामो तथा छोटो दूरीमा चल्ने सवारी साधन, पसल, उद्योग धन्दा, कार्यालय, शैक्षिक संस्थाहरु बन्द रहे । जरुरी कामले यात्रा गर्नुपर्ने सर्वसाधारण, मजदुर, विद्यार्थीलगायतकाहरु बन्दका कारण प्रभावित भएका छन् ।

बन्दमा बिहीबार विहानै काठमाडौंको गोंगबुमा एउटा ट्याक्सीमा आगजनी भएको छ । बन्द गराउन सडकमा निस्केका प्रचण्ड माधव समूहका कतिपय कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेकपा कार्यकर्ताले सडकमा नाराबाजी र प्रदर्शन गरेका छन् । उनीहरुले सवारी साधन रोक्ने, सीसा फुटाउने पनि गरेको दृश्य देखिएको छ ।

हेर्नुहोस् तस्वीरहरु

                  


SHARE THIS