महिला लिग फुटबल : एपीएफले वालिङलाई ६ गोलले हरायो

  काठमाण्डौ, फागुन १ । राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले हराएको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा एपीएफको लागि सावित्रा भण्डारीले पाँच गोल गरिन् । अर्को एक गोल प्रीती राईले गरिन् । प्रतियोगितामा नौ खेल खेलेको एपीएफले सबै खेल जित्दै २७ अंक जोडेको छ । ९ खेलमा १४ अंक जोडेको वालिङ तेस्रो स्थानमा छ । 


SHARE THIS