आर्मीले चन्द्रपुरलाई हरायो, रश्मीको चार गोल

  काठमाण्डौ, फागुन २ । राष्ट्रिय महिला लिग फुटबलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा आइतवार भएको खेलमा आर्मीले चन्द्रपुरलाई ६–१ ले हराएको हो । आर्मीकी रश्मी घिसिङले चार र विमला चौधरीले दुई गोल गरे । चन्द्रपुरकी रजनी थोकरले सान्त्वना स्वरूप एक गोल गरिन् । 

चन्द्रपुरलाई हराएसँगै आर्मीले १० खेलमा २५ अङ्क जोडेको छ । आर्मी लिगको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको एपीएफको नौ खेलमा २७ अङ्क छ । चन्द्रपुर १० खेलमा ६ अङ्कसहित छैटौँ स्थानमा छ ।  


SHARE THIS