लखन थापा स्मृति कप फुटबल को तयारी पुरा

उद्घाटन खेलमा युनाईटेड र बिजौरी एफसी भिड्ने 

लक्ष्मण बस्नेत 

दाङ, फागुन १ । प्रजातान्त्रिक आन्दोलनका प्रथम सहिद लखन थापा स्मृति कप फुटबल प्रतियोगिता २०७७ भोलि आईतवार देखि सुरु हुदैछ । 

नेपाल मगर युवा संघ तुलसिपुर को आयोजना तथा नेपाल मगर संघ तुलसिपुर नगर कमिटी र नेपाल मगर संघ जिल्ला कमिटी दाङको संयुक्त ब्यबस्थापन मा दाङ तुलसिपुर अरनिको मैदान संचालन हुने प्रतियोगिता को उद्घाटन प्रदेश न ५ का सामाजिक बिकास तथा खेलकुद मन्त्री सुदर्शन बराल मगर ले गर्ने कार्यक्रम रहेको छ ।

जहानिया राणा शासन का विरुद्ध नेपाली जनताको मुक्ति का लागि बिद्रोह गर्ने क्रममा १९३३ साल फागुन २ गतेका दिन सहादत प्राप्त गरेका थापाको स्मृती दिवस का अबसरमा प्रतियोगीताको आयोजना गरिएको हो ।

 यसैबिच  आयोजकले प्रतियोगिता को सम्पुर्ण तयारी कार्य पूरा भएको जानकारी दिएको छ ।

सनिवार अरनिको खेल मैदान स्थल मा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता को सम्पुर्ण तयारी कार्य पूरा भएको जानकारी दिएको हो । प्रतियोगिता संचालन मुल समिती का संयोजक घनश्याम पुनको अध्यक्षता मा भएको पत्रकार सम्मेलन मा प्रतियोगिता लाई भब्य एवं सभ्य र बिबाद रहित बनाउन आफूहरु लागि परेको जानकारी दिईएको थियो ।

स्थानिय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन खेलमा युनाईटेड युथ क्लब तुलसिपुर र बिजौरी फुटबल क्लब भिड्नेछन् १ खेल दिउँसो २ बजे हुने प्रतियोगिता प्राबिधिक उपसमितिका संयोजक ईन्द्र पुन ले जानकारी दिनु भएको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगिता को बिजेता टिमले नगद १ लाख तथा कप,मेडल,प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता र तृतीय स्थान हासिल गर्ने टिम ले क्रमशः ५० र २० हजार नगद,मेडल तथा प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगिता मा जिल्लाका २४ टिमको सहभागिता रहेको छ ।



SHARE THIS