तुलसीपुरमा एक युवकमाथी खुकुरी प्रहार


दाङ, माघ २२ । दाङमा आज एक युवकमाथी खुकुरी प्रहार भएको छ । तुलसीपुरको गोरखा बोर्डीङ नजिकै युवक माथि खुकुरी प्रहार भएको छ । तुलसीपुर उपमहानगरपालिका-६ गोरखा बोर्डीङ नेर बस्दै आएका १७ बर्षका सविन विकमाथी बिहान ११ बजे खुकुरी प्रहार भएको पिडितले जानकारी दिएका छन् ।

युवकको टाउकोमा गहिरो चोट लागेको छ । खुकुरी प्रहारबाट घाईते भएका विकको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । पिडितका अनुसार तुलसीपुरको गुल्म पछाडी बस्दै आएका दिनेश, कुमार पुन, निरज भन्ने तीन जना युवाहरुले कुटपीट गरेर खुकुरी प्रहार गरेका हुन् ।

यता ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले घटनाको विषयमा जानकारी नआएको बताउनु भएको छ ।


SHARE THIS