संसद पुनर्स्थापना हुने भएपछि ओली अत्तालिएका छन् : रामचन्द्र पौडेल

सप्तरी, फागुन ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनसम्बन्धी मुद्दामा अदालतले फैसला सुनाउने दिन नजिकिँदा प्रधानमन्त्री केपी शर्मा ओली अत्तालिन थालेको बताएका छन् ।

आइतबार राजविराजमा नेपाल प्रेस युनियन सप्तरीले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले अदालतले संविधान अनुसार फैसला गर्न लागेको आभास ओलीलाई भइसकेको बताए । ‘संविधानमा भएको व्यवस्थालाई टेकेर सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्न लागेको ओलीले थाहा पाइसके’ उनले भने, ‘त्यही भएर उनी अत्तालिए ।’

शनिबार विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन सदर नभए आन्दोलन गर्ने अभिव्यक्ति दिएका थिए ।

‘ओलीले तिमीहरु मेरो पक्षमा फैसला गर्दैनौं भने आन्दोलन गर्छु भनेका छन् । केपी ओलीले प्रधानमन्त्री भएर आन्दोलन गर्छु भन्ने रु, प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलन गर्नुस् ।’

पौडेलले जस्तोसुकै सेटिङ गरेपनि सर्वोच्चले संविधानको धारा नटेकीकन फैसला नगर्ने दावी गरे । संसद विघटनसम्बन्धी मुद्धा अहिले पनि अदालतमा विचाराधीन रहेकाले कांग्रेसले ठूलो आन्दोलन नगरेको पौडेलले बताए ।

उनले अदालतले संविधानको धारा हेरेरै फैसला गर्ने धारणा राखे । ‘केपी ओलीले भने जस्तो संविधान–संविधान छोडिदेऊ, राजनीतिक निर्णय हो यसलाई सदर गर भनेर हुँदैन’ उनले भने, ‘सर्वोच्चले हेर्ने भनेको संविधानको धारा हो ।’

पौडेलले संसद विघटन मुद्धामा बहस सकिएकाले अब केही दिनमै पुनर्स्थापना हुने दावी गरे । प्रधानमन्त्री ओलीले अदालतले संसद पुनर्स्थापना गरे आन्दोलन गर्ने भनी दिएको अभिव्यक्ति आपत्तिजनक रहेको पौडेलले बताए ।

‘ओलीले तिमीहरु मेरो पक्षमा फैसला गर्दैनौं भने आन्दोलन गर्छु भनेका छन् । केपी ओलीले प्रधानमन्त्री भएर आन्दोलन गर्छु भन्ने रु’ उनले भने, ‘प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलन गर्नुस् ।’

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ र महान्यायाधिवक्ता अग्नि खरेल अहिले बुझ पचाएर बोलिरहेको नेता पौडेलले बताए । संविधान बनाउने बेला संसद बिघटनको व्यवस्था नराख्न सहमत भएका उनीहरु अहिले प्रधानमन्त्रीको अन्तरनिहीत अधिकार भनी तर्क गरिरहेको भन्दै उनले विरोध जनाए । ‘प्रधानमन्त्रीको अन्तरनिहीत अधिकार भनेका छन्’ उनले भने, ‘अहिलेको संविधानले त्यस्तो अधिकार दिएको छ रु’

पुनर्स्थापनालगत्तै ओली सकिन्छन्

कांग्रेसले प्रतिनिधिसभाको विघटन असंवैधानिक हो भनी निर्णय गरेको र वडास्तरसम्म आन्दोलन गरेको भन्दै पौडेलले यसमा भ्रम नराख्न आग्रह गरे । ‘असंवैधानिक भनेपछि संवैधानिक बनाउनुपर्छ भन्ने हो । सच्चिनुपर्छ भन्ने नै हो । सच्याउनु भनेको पुनर्स्थापना नै हो’ उनले भने, ‘यसबारे कसैमा भ्रम नहोस् ।’

उनले अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि केपी ओलीको दिन सकिने बताए । ‘सकिन लागेँ भनेर नै अदालतलाई धम्क्याउनेतर्फ लागेका छन्’ उनले भने ।


SHARE THIS