टिप्परले पोल ढाल्दा सडक अवरुद्ध

 

दाङ, माघ २० । नेपालगन्ज कोहलपुर सडक खण्ड अन्तर्गत राँझा नजिकै टिप्पर गाडी विद्युतको पोलमा ठोक्कीएको छ । नेपालगन्जबाट कोहलपुरतर्फ आउँदै गरेको टिप्पर सडक बिचमा रहेको डिभाईडरमा राखिएको विद्युतको पोलमा ठोक्किन पुगेको हो ।

दुर्घटनामा विद्युतको पोल ढल्दा केहीबेर सडक अवरुद्ध बन्न पुगेको थियो । अहिले पोल हटाईसकिएको र दुर्घटनामा कुनै मानविय क्षती नभएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


SHARE THIS