म्यानमारमा सैनिकुकू : आङ सान सू चीविरुद्ध कैयौँ आरोप

  काठमाण्डौ, माघ २१ । म्यानमार प्रहरीले गएको सोमवार सैनिक ‘कू’ पछि निर्वाचित नागरिक नेतृ आङ सान सू चीविरुद्ध विभिन्न अभियोग दर्ता गरेको छ । 

प्रहरीको दस्तावेजअनुसार सू चीलाई आउँदो फेब्रुअरी १५ सम्म हिरासतमा राखिने छ । उनीविरुद्ध आयात–निर्यात कानुनलाई तोडेको र गैरकानुनी रुपमा सञ्चार उपकरणहरु कब्जा गरेको आरोप लगाइएको छ । 

आङ सान सू ची अहिले कहाँ छिन् भन्नेबारेमा स्पष्ट नभए पनि उनलाई राजधानी ने पी तमा रहेको उनकै निवासमा राखिएको बताइएको छ । 

म्यानमारका राष्ट्रपति विन विन्टलाई पनि आरोप लगाइएको छ, दस्तावेजका अनुसार राष्ट्रपतिमाथि कोरोना महामारीका क्रममा सभामा प्रतिबन्ध लगाएको नियमको उल्लङ्घन गरेको आरोप छ । उनलाई पनि दुई हप्ताका लागि हिरासतमा राखिएको बताइएको छ । 

फेब्रुअरी १ को बिहानै सेनाले कूु गर्दै सत्ता हातमा लिएयता राष्ट्रपति वा सू चीलाई देख्नरसुन्न सकिएको छैन । 

सशस्त्र बलका प्रमुख मिन आङ ह्लाइङको नेतृत्वमा सैनिक ुकूु पछि एक वर्षका लागि सङ्कटकाल घोषणा गरिएको हो ।  

गएको नोभेम्बर महिनामा भएको चुनावमा सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसी ९एनएलडी० ले सरकार गठन गर्ने बहुमत प्राप्त गरेको थियो । यद्यपि सेनाले यो चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको थियो । 

नयाँ निर्वाचित तल्लो सदनको पहिलो बैठक पहिलो पटक गएको सोमवार बस्ने तयारी भएका बेला सेनाले नेतृ आङ सान सू कीलगायतका नेतालाई हिरासतमा लिएको थियो । सेनाले यो बैठक स्थगित गर्न माग गर्दै आएको थियो । 


SHARE THIS