अमृत बिद्या मन्दिरको खेलकुद सप्ताह सुरु

 

दाङ, फागुन १ । अमृत बिद्या मन्दिर स्कुल शान्तिनगरले आफ्नो साता ब्यापी खेलकुद कार्यक्रम सुरु गरेको छ ।

बिधालय मा अध्ययनरत छात्ररछात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभा लाई उजागर गर्न आयोजित खेल सप्ताह को उद्घाटन शन्तिनगर ३ का वडा अध्यक्ष बुद्धिराम तिवारीले गर्नु भएको हो ।

बालबालिका को सर्बाङ्गिण बिकासको आधार स्तम्भ मानिने मानव जिवनको अभिन्न अंग खेलकुद क्षेत्र लाई समेटर लैजाने भावी योजना सहित आयोजना गरिएको खेलकुद सप्ताहमा एथलेटिक्स तर्फ का ट्रयाक तथा फिल्ड, छात्र भलिबल छात्रा भलिबल, कबड्डी ज्याभलीन थ्रो ,सटपुट लगाएतका सिनियर तथा जुनियर तर्फका खेल हरु हुनेछ्न ।

 कार्यक्रम बिधालयका संचालक बलबहादुर के सि को अध्यक्षता मा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ले स्वास्थ्य र समृद्धि संग जोडिएको खेलकुद क्षेत्र मानव जिवनको अभिन्न अंग भएको बताउनु भयो ।

खेलाडी उत्पादन थलो बिधालय क्षेत्र हो तपाईहरु खेलकुद क्षेत्रमा लगानी बढाउनुहोस यसले बालबालिका को सर्वाङिन बिकास को आधार स्तम्भ निर्धारण गर्छ उहाँ ले भन्नू भयो १साथै उहाले वडा तथा गाउँ पालिका बाट सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

बिधालयका भाइस पृन्सिपल पवन कडेलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा बिधालय प्रीन्सिपल सन्दीप भुसाल ले बिधालयको भावी नीति तथा कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम को संचालन बिधालयका शिक्षक निम बहादुर के सि ले गर्नु भएको थियो ।


SHARE THIS