ईपीएलमा वेस्ट ह्यामसँग हार्‍यो टोटनह्याम

  दाङ, फागुन ९ । इङ्ग्लिश प्रिमियर लिगमा वेस्ट ह्यामले टोटनह्यामलाई हराएको छ । लण्डन स्टेडियममा भएको खेलमा वेस्ट ह्यामले टोटनह्यामलाई दुई–एकले हराएको हो ।

वेस्ट ह्यामका मिकेल एण्टेनियोले खेलको ५ औँ मिनेटमा र जेसे लिङ्गार्डले ४७ औँ मिनेटमा गोल गरे । टोटनह्यामका लुकास मैराले ६४ औँ मिनेटमा एक गोल फर्काए ।

जितसँगै वेस्ट ह्याम २५ खेलमा ४५ अङ्कसहित चौथो स्थानमा छ । एक खेल कम खेलेको टोटनह्याम ३६ अङ्सहित नवौँ स्थानमा छ ।  

0/प्रतिक्रिया

Previous Post Next Post