तुलसीपुरमा एक ब्यक्ति मृत फेला

 

दाङ, माघ २१ । दाङको तुलसीपुर स्थित घोराही रोडमा एक जना व्यक्ति मृत फेला परेका छन् । तलसीपुर उपमहागनरपालिका ६ गाइडर निबासी ५० बर्षका विष्णु चौधरी आज बिहान मृत अवस्था फेला परेको प्रहरीले जानकारी दिएको छ ।

तुलसीपुर बजारमा दैनिक ज्यालादारी काम गर्दै आएका चौधरी बिहान सडकमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चौधरीको मृत्युको कारण खुलेको छैन् ।


SHARE THIS