दाङमा २ लाख बढी नगदसहित सात जना जुवाडे पक्राउ



 दाङ, माघ २३ । दाङमा २ लाख बढी नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर ९ तेघरामा केशरबहादुर शाहको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई २ लाख २० हजार ७ सय नगदसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शाहका छोरा ३८ वर्षिय प्रज्वल शाह, घोराही-२ निवासी २३ वर्षिय रोहन खाती, घोराही-१६ का ३३ वर्षिय धिरण शाह, घोराही-१३ का २० वर्षिय सुनिल पुन मगर रहेका छन् ।

त्यसैगरी घोराही-७ का २२ वर्षिय पंकज पन्त, घोराही-९ का ५४ वर्षिय होमबहादुर केसी र रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ का २२ वर्षिय बिजय गाहा मगर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ६ थान तासको गडि, ग्लोबल आइएमईको चेक १ वटा र गलैचा समेत बरामद गरेको छ


SHARE THIS