चीनले नेपाललाई तीन लाख मात्र खोप उपलब्ध गराउने

 

दाङ, माघ १९ । नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोरोना विरुद्धको तीन लाख डोज खोप उपलब्ध गराउने भएको छ ।

अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप छिट्टै नेपाललाई उपलब्ध गराउन गरि तयारी भैरहेको नेपाल स्थित चिनियाँ राजदूतावासले जनाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ । यस अघि भारतले नेपाललाई १० लाख डोज खोप निशुल्क उपलब्ध गराएको थियो ।

उक्त खोप देशैभरका स्वास्थ्यकर्मी, सफाईकर्मी, स्वास्थ्यका अन्यकर्मचारी, एम्बुलेन्स चालक, शब व्यवस्थापनमा खटिएका व्यक्तिहरुलाई लगाउने क्रम जारी छ । दाङ सहित देशभर यही माघ १४ गते यता ८८ हजार बढी व्यक्तिले उक्त खोप लगाएका छन् ।


SHARE THIS