माग पूरा नगरेको भन्दै अभिभावक र उपभोक्ताद्वारा गाउँपालिका घेराउ

 

देउखुरी, माघ १९ । दाङको राजपुर गाउँपालिका कार्यपालिका सदस्यहरूले आफुहरूकाे माग गाउँपालिकाले सम्बाेधन नगरेको भन्दै गाउँपालिकामा धर्ना दिएका छन् ।

हाम्रो माग तत्कालै समाधान नभए भाेलि मंगलबारदेखि गाउँपालिकामा चर्काे विरोध र जुलुस निकाल्ने वडा नम्बर ६ का वडाध्यक्ष श्याम राेकाले जानकारी दिनुभयो । गाउँपालिकामा हामिले हाम्रो माग सहित चाैधगते ज्ञापनपत्र बुझाएको थियौं तर, गाउँपालिकाले हाम्रो मागलाई व्यवस्ता गर्दै कुनै माग सम्बाेधन नगरेको वडाध्यक्ष राेकाले बताउनुभयो ।राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम राेकाकाे नेतृत्वमा एक्काईस जना कार्यपालिका सदस्यहरूले साेमबार गाउँपालिकामा तालाबन्दी गरि चर्काे विरोध यर्याली गर्दै गाउँपालिका अगाडि धर्ना दिएका हुन् । धर्ना दिदै कार्यपालिका सदस्यहरूले आफुहरूकाे माग तत्कालै समाधान गर्न माग गरेका हुन् ।

प्रतिनिधि मुलक गाउँपालिकामा धर्ना कार्यक्रमकाे आयाेजना गरिएको छ । गाउँपालिका माग सम्बाेधन नगरे विरोधकाे कार्यक्रम महिनाै दिन सम्म लम्ब्याउने वडाध्यक्ष राेकाले बताउनुभयो ।


SHARE THIS