कोरोनाबाट प्रभावित जिल्ला मध्ये दाङ तेस्रो स्थानमा



दाङ, माघ ०६ । लुम्बिनी प्रदेशमा कोरोनाबाट प्रभावित जिल्ला मध्ये दाङ तेस्रो स्थानमा देखिएको छ । दाङमा अहिलेसम्म ३ हजार ५ सय ११ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेशमा संक्रमणबाट सबैभन्दा बढी प्रभावित हुने जिल्लामा रुपन्देही देखिएको छ । रुपन्देहीमा अहिलेसम्म ८ हजार ८ सय ८२ जनामा संक्रमण देखिएको छ । दोस्रोमा बाँके र तेस्रोमा दाङ देखिएको हो ।

बाँकेमा अहिलेसम्म ४ हजार ५ सय १९ जनामा संक्रमण देखिएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा कम प्रभावित रुकुम पूर्वमा अहिलेसम्म ९४ जनामा संक्रमण देखिएको छ । कपिलवस्तुमा अहिलेसम्म २ हजार ५३, पाल्पामा १ हजार ८ सय ७२, बर्दियामा १ हजार ४ सय ९४, नवलपरासी पश्चिमामा १ हजार ४ सय २६ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी गुल्मीमा ९५२, प्युठानमा ९१०, अर्घाखाँचीमा ८४१ र रोल्पामा २४५ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये २५ हजार ८६२ अर्थात ९६ दशमलव ५ प्रतिशत निको भएका छन् ।

संक्रमित मृत्युदर प्रदेशमा १ दशमलव ३८ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा अहिलेसम्म ३६९ जनाको संक्रमणबाट मृत्यु भएको छ । प्रदेशमा अहिले ५ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् ।


SHARE THIS