४८ औँ ओभरमा २ रन २ विकेट, लुम्बिनी र वाग्मतीको बराबरी

म्यान अफ द म्याच वाग्मतीका विपिन आचार्य

काठमाण्डौ, माघ ११ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा लुम्बिनी प्रदेश र वाग्मती प्रदेशले बराबरी खेलेका छन् । मुलपानी क्रिकेट मैदानमा वाग्मतीले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको लुम्बीनी ४८ औँ ओभरमा दुई सय २० मा अलआउट भयो ।

आठ विकेट हातमा रहँदा अन्तिम तीन ओभरमा तीन रन चाहिएकोमा लुम्बीनीले ४८ औँ ओभरको तेस्रो र अन्तिम बलमा विकेट गुमाउँदा खेल बराबरीमा सकिएको हो । लुम्बिनीका लागि केसी प्रकाश र कृष्ण कार्कीले समान ३१–३१ रन बनाए । वाग्मतीका विपिन आचार्यले चार विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वाग्मतीले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय २० रन बनायो । वाग्मतीका लागि आदिल खान र ईशान पाण्डेले अर्धशतकीय पारी खेले । त्यस्नै आकाश थापाले ३९ रन जोडे । लुम्बिनीका दीपेन्द्र रावतले तीन विकेट लिए । 

खेल बराबरी भए पनि वाग्मती सेमिफाइनलमा प्रवेश गरेको छ भने लुम्बिनीको सेमिफाइनल यात्रा पुलिस र प्रदेश दुईबीचको खेलमा निर्भर रहेको छ । पुलिसले जित्दा समूह उपविजेता पुलिस सेमिफाइनलमा पुग्नेछ भने पुलिस पराजित भए लुम्बिनी सेमिफाइनलमा पुग्नेछ ।  


SHARE THIS