राप्ती गाउँपालिकामा २ वटा स्वास्थ्य संस्थाको सेवा शुभारम्भ

 


दाङ, पुस २३ राप्ती गाउँपालिकाले २ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । गाउँपालिकाको वडा नम्बर २ र ३ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाका ९ वटै वडामा निर्माणकार्य सुरु भएका आधारभुत स्वास्थ्य सेवा केन्द्र अन्तरगत पहिलो चरणमा २ नम्बर वडाको लालमटियाा र ३ को खुरुरीयामास्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याईएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो ।

गाउँपालिकाले वडा स्तरबाटै सेवा प्रबाह गर्नका लागि एक वडा एक स्वास्थ्य सेवा केन्द्र स्थापनाको निती लिएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुबेदीले बताउनुभयो ।अब वडाबासी नागरिकहरुले घर नजिकैबाट निशुल्क आधारभूत स्वास्थ्य सेवा पाउने भए पछि खुसी भएका छन्।


SHARE THIS