घोराहीमा जारी चौथो मेयरकप फुटवल प्रतियोगिता स्थगित

 


दाङ, माघ १४ । घोराहीमा जारी चौथो मेयरकप रनिङ फुटवल खेल अर्को सूचना जारी नभए सम्मका लागि स्थागित भएको छ । आज अन्तिम खेलका लागि तयारी भैरहदा खेलाडीको स्थायी ठेगाना फरक स्थानमा रहेको भन्दै विबाद सृजना भए पछि घोराही उमहानगरपालिकाले खेल स्थगित गरेको हो ।

हिजो सेमिफाइनलबाट वडा नम्बर १८ का खेलाडीलाई पराजित गर्दै अन्तिम खेलमा पुगेको वडा नम्बर १५ को समुहमा वडा नम्बर १५ को क्षेत्रभन्दा बाहिर स्थायी ठेगाना भएका खेलाडी समाबेश भएको भन्दै वडा नम्बर १८ ले निबेदन दिएपछि समस्या उत्पन्न भएको हो ।

वडा नम्बर १८ पुनः वडा नम्बर १५ सँग खेल्ने बताएपछि बिबाद उत्पन्न भएको हो । वडा नम्बर १५ बाट खेलेका एक जना खेलाडीको बसोबास वडा नम्बर १५ मै रहेको भए पनि नागरिकतामा देउखुरी ठेगाना भएपछि वडा नम्बर १८ का खेलाडीले पुनः खेल हुन पर्ने माग राखेका हुन् ।

यसैविच घोराही उपमहानगरपालिकाका कर्मचारी र पत्रकारहरु बिच आज मैत्रीपूर्ण फुटबल खेल भएको छ । खेलमा कर्मचारीको समुहले पत्रकारको समुहलाई एकका बिरुद्ध दुई गोलले पराजित गरेको छ ।सेमिफाईनलबाट वडा नम्बर १३ र १५ का खेलाडी फाईनलमा पुगेका थिए र आज दिउँसो खेल हुने भनिएको थियो । तर बिबाद भए पछि घोराही उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाले एक सूचना जारी गर्दै खेल स्थागित भएको जानकारी दिएको हो ।





SHARE THIS