कालो सपना देख्नु भएको छ, केही भन्नु छैन : केपी ओली


काठमाडौं, माघ ८ । नेकपा ओली समूहका अध्यक्ष एवम् काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू रातो झण्डा बोक्नेहरु भएको बताएका छन् । आफ्नो समूहका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले आफ्नो गन्तव्य प्रष्ट भएको बताए ।

‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने होइनौं । रातो बेलुन उडाउने हौं, कालो बेलुन उडाउने होइनौं । सडकमा रातो झण्डा बोक्ने हौं, कालो झण्डा बोक्ने होइनौं’, ओलीले भने । प्रचण्ड(माधव समूहले पेरिसडाडाँमा आजै संसद् विघटन विरुद्ध कालो बेलुन उडाएको थियो । प्रचण्ड र माधव समूहका विद्यार्थीहरुले मन्त्रीहरुलाई कालो झण्डा समेत देखाउँदै आएका छन् ।

0/प्रतिक्रिया

Previous Post Next Post