विराटनगर पुगेर पौडेलले भने – अविश्वासको प्रस्तावको पक्षमा उभिन्छौं

विराटनगर, माघ १० । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस, प्रदेशहरूमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा उभिने बताएका छन् । शनिबार विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै पौडेलले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताएका हुन् ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई नेकपा प्रचण्ड-माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । प्रस्तावमा समर्थन गर्ने नगर्ने भन्नेमा कांग्रेसभित्र विवाद छ ।

वरिष्ठ नेता पौडेलले कांग्रेस प्रतिपक्षी भएकाले अविश्वासको प्रस्तावको पक्षमा उभिने बताएका हुन् । ‘केन्द्रमा पनि स्याडो (छाया) सरकार बनाएका छौं । यहाँ पनि हामी प्रतिपक्षी हो,’ उनले भने ”अविश्वासको प्रस्ताव आयो भने अहिलेको सत्ताको खिलापमा हामी जान्छौँ ।’



SHARE THIS