जिल्ला समन्वय समितिका प्रमुख सहित ५ जना जुवाडे पक्राउ



रुकुम, माघ २  जिल्ला रुकुम पुर्वका जिल्ला समन्वय समितिका प्रमुख सहित पाँच जना जुवाडेलाई प्रहरीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर वली , सोहि जिल्लाका पृथा उत्तरगंगा ५ बस्ने २९ बर्षिय सुभाष घर्तिमगर, वडा नम्वर १० बस्ने ६४ बर्षिय जितेन्द्र बुढामगर ,रुकुम पश्चिम त्रिबेणी गाउँपालिका ७ बस्ने ४२ बर्षिय लिल बहादुर पुन र मुसिकोट नगरपालिका १ बस्ने ३७ बर्षिय कमल गिरी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जनाएको छ ।

मुसिकोट १ पातुखोला स्थित भरत घर्तिमगरको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा रुकुम पश्चिमबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको प्रहरी टोलीले शुक्रवार दिउँसो तिन बजे समन्वय समितिका प्रमुख सहित पाँच जना जुवाडेलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पच्चिस हजार नगद र जुवा खेल्न प्रयोग गरिएका तिन गड्डी तास समेत बरामद गरेको रुकुम पश्चिमका प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिएका छन् ।  पक्राउ परेकाहरु माथी थप अनुसनधान भईरहेको छ ।


SHARE THIS