दाङ, पुस १९ । दाङमा नगद करिब साढे तीन लाख नगदसहित १५ जना जुवाडे पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरुवागाउँ स्थित खुमानसिंह वलीको घरमा जुवा खेलिरहेको अवस्थामा सोहि ठाउँका १५ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा तुलसीपुर–६ का ३७ वर्षि ओमकार वली, ४२ वर्षिय ज्ञानबहादुर डागी, ३७ वर्षिय नरबहादुर डाँंगी, ४६ वर्षिय लिले बस्नेत, २७ वर्षिय डम्मर केसी, ४१ वर्षिय पुर्णबहादुर डाँगी रहेका छन् ।
जुवा खेलिरहेको अवस्थामा शनिबार साँझ ३ लाख ३९ हजार ६६० नगदसहित १५ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिनुभयो ।
पक्राउ परेका साथबाट ४ गड्डी तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।त्यसैगरी सोहि ठाँउकै ५२ वर्षिय थल बहादुर बुढाथोकी, ३७ वर्षिय खुमान सिंह वली, ३७ वर्षिय राम रोशन बस्नेत, ५० वर्षिय लाल बहादुर गुरुङ्ग, ५० वर्षिय कुसल शर्मा, ४५ वर्षिय नउले भण्डारी, ४७ वर्षिय चन्द्र प्रकाश अधिकारी, ४७ वर्षिय राम चन्द्र डांगी र ५० वर्षिय पर्शुराम पुन पनि पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
Post a Comment