लुम्बिनी प्रदेशमा ३९ हजार ४ सय ९५ जनाको लागि ८७ हजार ६ सय ७९ डोज खोप आएको छ । भारत सरकारले दिएको उक्त खोप प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीका लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ ।
यस्तै बाँकेका लागि १७ हजार ९० डोज, दाङमा ६ हजार ५ सय ९०, कपिलवस्तुमा ४ हजार ५ सय ४०, प्युठानमा २ हजार ३ सय ६०, बर्दियामा ४ हजार ३ सय ६० र अर्घाखाँचीमा ३ हजार ८ सय ५० डोज खोप पठाइने सामाजिक विकास मन्त्रालयका प्रवक्ता ड. पुष्पराज पौडेलले बताए ।
नवलपरासी पश्चिममा २ हजार ३ सय ८०, रुकुमपूर्वमा २ हजार ४०, गुल्मीमा ४ हजार १ सय ८०, पाल्पामा ५ हजार ४ सय ६०, प्युठानमा २ हजार ३ सय ६० र रोल्पामा २ हजार ४ सय २० डोज कोरोनाविरुद्धको खोप पठाइने पौडेलले बताए ।
पहिलो चरणमा कोरोना विशेष अस्पतालसहित सरकारी अस्पतालमा खटिएका फ्रन्टलाइनर चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, एम्बुलेन्स चालक, सफाइकर्मी, ७५ वर्ष उमेर नाघेका जेष्ठ नागरिकलाई खोप लगाइने छ । यो खोप स्वेच्छिक भएकाले फ्रन्टलाइनरका लागि पनि अनिवार्य नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Post a Comment