५० राउण्ड गोली बोकेर जहाज चढ्न लागेका एक जना विमानस्थलबाट पक्राउ

  काठमाण्डौ, पुस २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० राउण्ड गोलीसहित झापाका बद्रिहाङ राईलाई प्रहरीले पक्राउ गरेको छ । 

श्री एअरलाइन्सको उडानमार्फत काठमाण्डौबाट भद्रपुर जान लागेका राईको झोला जाँच गर्ने क्रममा कागजको बट्टामा ५० राउण्ड गोली भेटिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका राईलाई अनुसन्धान एवं कारबाहीका लागि महानगरीय प्रहरी वृत्त गौशालामा पठाइएको छ ।  


SHARE THIS