‘दाङ औद्योगिक क्षेत्र’ घोषणा

 

दाङ , माघ १५ । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस ) अन्तर्गत विभिन्न चारकिल्लाभित्र पर्ने ५४ बिघा जग्गालाई ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने भएको छ ।

मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जाकारी दिँदै सञ्चार तथा सुचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वतले दाङको पुर्वमा लमही–घोराही सडक, पश्चिममा पाण्डेश्वर धार्मिक वन, उत्तरमा बबई नदी र दक्षिणमा वन क्षेत्रलाई ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने निर्णय गरिएको बताउनुभयो ।

सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २-७! खारेज गरी वन ऐन, २)७६ कार्यान्वयनका लागि आवश्यकपर्ने नयाँ वन नियमावली यथाशीघ्र तर्जुमा गरी तदअनुरूपको कार्यविधि वा निर्देशिका बनाइ लागु गर्ने भएको छ । त्यसैगरी मन्त्रिपरिषद्ले महान्यायधिवक्ताको कार्यालयको संस्थागत ’धार कार्यक्रमअन्तर्गत सुचना प्रविधि अधिकृतको आस्थायी दरबन्दी सिर्जना गर्ने र नेपाली सेनाका सहायक रथी हिरालाल जोशी र महासेनानी रवीन्द्र केसीको बढवा गरी स्थापना गर्ने र उपरथी बालकृष्ण कार्कीसमेत एघार रथीबृन्द तथा छ पाईलट महासेनानीको सरवा गर्ने निर्णय गरेको छ ।


SHARE THIS