काठमाण्डौ, माघ १६ । राष्ट्रिय महिला लिग फुटबलमा आज त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिका खेल्दै छन् ।
खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । आज चन्द्रपुर नगरपालिकालाई हराउँदै आर्मी लिगमा दोस्रो जित निकाल्न चाहन्छ ।
३ खेलमा ४ अङ्क जोडेको आर्मी अङ्क तालिकामा पाँचौं स्थानमा छ । यस्तै चन्द्रपुर ३ अङ्क जोडेर लिगको छैठौं स्थानमा छ ।