थप ३३६ जनामा कोरोना सङ्क्रमण, १९८ जना काठमाण्डौ उपत्यकाका

  काठमाण्डौ,माघ ८ । पछिल्लो २४ घण्टामा देशभर तीन सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार ३० जनाको पीसीआर परीक्षण भएकोमा तीन सय ३६ जनालाई कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ६ सय ४६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय २६ जना निको भएसँगै कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या दुई लाख ६२ हजार आठ सय ६८ जना पुगेको छ । अहिले नेपालमा तीन हजार सात सय ९९ जना सक्रिय सङ्क्रमित रहेका छन् । बिहीवार सङ्क्रमण पुष्टि भएकामध्ये एक सय ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् ।

यस्तै थप चार जनाको ज्यान गएसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ७९ पुगेको छ ।  


SHARE THIS