आरबिसी फुटेको नवजात शिशुको बुद्ध हस्पिटलमा सफल उपचार

दाङ, पुस २३ । दाङको बुद्ध इन्टरनेसनल हस्पिटल घोराहीमा आरबिसी [रेड ब्लड सेल] फुटेको नवजात शिशुको सफल रुपमा उपचार गरिएको छ। बुधबार बालरोग विशेषज्ञ डाक्टर रवि ढकालको टिमले विशेष गरेर आमामा नेगेटिभ र बच्चामा पोजेटिभ ब्लड ग्रुप भएमा आरबिसी फुट्ने समस्याको सफल रुपमा उपचार गरेको हो । सायदै दाङमै पहिलो पटक यस प्रकारको समस्याको उपचार गरिएको हो ।

आरबिसी फुटेपछि जन्मेको केही घण्टामा नै नवजात शिशुमा जण्डिस देखिने र यसले भविश्यमा दिर्घकालिन समस्या हुने गर्छ । यस्तो खालको रोगलाई आरएच इनकम्प्याटिबिलिटी भनिन्छ । यस्तो समस्या देखिएमा शिशुमा नयाँ रगत ग्रुप राख्नु पर्ने हुन्छ ।

मनिपाल शिक्षण अस्पताल पोखरामा लोमो समय अनुभव लिनुभएका बालरोग विशेषज्ञ डाक्टर ढकाल विगत तीन महिनादेखि बुद्ध इन्टरनेसनल हस्पिटल घोराहीमा रहनुभएको छ।


SHARE THIS