ग्वारखोला पुल नजिकै बस दुर्घटना, १९ जना घाइते


दाङ, पुस २० । पर्सेनि ग्वारखोला पुल नजिकै बस दुर्घटना भएको छ । दुर्घटनामा परि १९ जना घाइते भएका छन् । तुलसीपुर देखि घोराहि जाँदै गरेको ना ६ख १८१४ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटना पश्चात बस चालक फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटना हुनुको कारण भने खुलेको छैन । घाईतेहरुको राप्ती प्रादेशीक अस्पताल तुलसिपुरमा उपचार भैरहेको छ । थप विवरण खुल्न बाकि रहेको छ ।


SHARE THIS