घोराही ११ को चाँचलामा पुग्यो पहिलो पटक गाडी, चालकलाई पैसाको माला

 

दाङ, माघ १४ । घोराही उपमहानगरपालिकाले वडा नम्बर ११ को चाँचलामा पहिलो पटक सडक पु¥याएको छ । घोराही उपमहानगरपालिकामा जनप्रतिनिधी आएपछि चाँचलामा सडक पुगेको हो । चालु आर्थिक बर्षमा ७ लाख रुपैयाँको लगानी गरेर सडक खने पछि सवारीका साधन चाँचला सम्म पुग्न थालेका छन् ।

अघिल्लो बर्ष उपमहानगरपालिकाले चाँचला सडक पुराउन १५ लाख बजेट विनियोजन गरेको तर वन कार्यालय सँग आबस्यक समन्वय नहुदा काम भएको थिएन् । गाउँमा पहिलो पटक सवारीका साधन पुग्ने सडक स्थानिय सरकारले पु¥याएपछि स्थानियहरु निकै खुशी भएका छन् ।

सडक बने पछि घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, सिनियर डिभिजन इन्जिनियर युवराज पौडेल, वडा अध्यक्ष कुलबहादुर लामिछाने गाडी लिएर चाँचला पुग्नुभएको छ । त्यहाँका स्थानियहरुले जनप्रतिनिधी र इन्जिनियरलाई फुलमाला लगाईदिएर सम्मान गरेका छन भने चालकहरुलाई पैसाको मालाले स्वागत सम्मान गरेका छन् ।

घोराही तुलसीपुर सडक खण्डको दुधरास देखी उत्तर तर्फ करिब ११ किलो मिटरको दुरीमा चाँचला बस्ती रहेको छ । सडक बनेपछि जीप, ट्याक्टर र अटोहरु चल्न थालेका छन् । उक्त सडकको स्तर उन्नतीमा स्थानिय सरकारले विषेश ध्यान दिने नगर प्रमुख चौधरीले बताउनुभयो ।


SHARE THIS