ओखलढुंगामा २२ वर्षीया युवतीमाथि जबरजस्ती करणी गर्ने पक्राउ

 


ओखलढुंगा, पुस २१ । ओखलढुंगामा २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका(५ बस्ने ३० वर्षीय अर्जुन राईलाई आइतवार प्रहरीले पक्राउ गरेको हो ।


राईले ती महिलालाई गत बिहीवार बिहान उनकै घर कोठामा डर त्रास देखाई जबरजस्ती करणी गरेपछि प्रहरी चौकी मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


SHARE THIS