तुलसीपुर उपमहानगरमा पहिलो चौमासिकमा २० प्रतिशत बजेट खर्च

 

तुलसीपुर, पुस २६। दाङको तुलसीपुर उपमहानगरपालिकाले चालु आर्थिक वर्षको चौमासिकमा २० प्रतिशत बढी रकम खर्च गरेको छ ।

नगरले सार्वजनिक गरेको विवरण अनुसार बिनियोजित २ अर्ब ७१ लाख २ हजार मध्ये चार महिनाको अवधिमा ४३ करोड ८२ लाख ६ हजार रकम खर्च भएको छ ।

उपमहानगरले संघिय सरकार समानीकरणतर्फको ५ करोड ६६ लाख ६२ हजार खर्च गरेको छ भने शसर्ततर्फको ११ करोड ३२ लाख ८५ हजार बजेट खर्च गरेको देखिएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेश सरकारको शर्सत अनुदान ९ लाख ७० हजार, संघिय सरकार अन्तर्गत गरिबसंग विश्वेश्वर कार्यक्रम अन्तरगर्त १ लाख ३६ हजार र युनिसेफको ६० हजार खर्च भएको नगरका सुचना अधिकारी बावुराम न्यौपानेले जानकारी दिनुभयो । नगरमा प्राप्त अझै बजेट ७१ करोड बढी खर्च हुन बाँकी रहेको छ ।त्यसैगरी संघिय सरकारको सामाजिक सुरक्षा तर्फको ११ करोड ३० लाख ६४ हजार, आन्तरिक श्रोततर्फको १३ करोड ३३ लाख ७७ हजार, संघिय सरकार राजश्व बाँडफाँड तर्फको २ करोड ४ लाख ६९ हजार खर्च भएको उपमहानगरपालिकाले जनाएको छ ।


SHARE THIS