दाङ उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीले पद तथा शपथ लिए

घाेराही, २ माघ । दाङ जिल्ला उद्योग बाणिज्य संघको नवनिर्वाचित पदाधिकारीले पदभार तथा शपथ लिएका छन् ।शुक्रवार घोराहीमा आयोजित संघको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित पदाधिकारीले पदभार तथा शपथ ग्रहण गरेका छन् । संघका पदाधिकारीलाई शपथ खुवाउनका लागी नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल लगाएत व्यवसायी नेताहरु दाङ आउने कार्यक्रम थियो ।तर मौसम प्रतिकुलका कारण उनीहरु उपस्थित हुन नसकेको बताईएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बरिष्ठ उपाध्यक्ष ढकालले नवनिर्वाचित पदाधिकारीलाई भर्चुअल मार्फत शपथ खुवाएका छन् ।
संघको नवनिर्वाचित अध्यक्ष टंकसिंह बुढाथोकी, वरिष्ठ उपाध्यक्ष नरेश कार्की, उद्योग उपाध्यक्ष अनिल आचार्य, बाणिज्य उपाध्यक्ष रामु प्रसाद पोख्रेल, महासचिव महेन्द्र बुढाथोकी, सचिव नरेश कुमार श्रेष्ठ, कोषाध्यक्ष शुसील पोख्रेल, सहकोषाध्यक्ष राजभक्त रानाले शपथ लिएका छन् ।

यस्तैगरी उद्योग सदस्यमा भरत रेग्मी, महिला सदस्यमा देवकला बस्नेत, एसोसियट सदस्यमा ज्ञान बहादुर बफार क्षेत्री, बस्तुगत सदस्यमा माधव खनाल, खुल्ला सदस्यहरुमा जुद्ध बहादुर घर्ति, जगत प्रसाद आचार्य, विकास वली, यकनारायण पौडेल, विष्णु प्रसाद रिजाल, लिलाराम खड्का, विनोद प्रसाद पाण्डे र विष्णु प्रसाद गौतमले पदभार तथा शपथ लिएका छन् । गएको पुष २० गते निर्वाचन भएको थियो ।


SHARE THIS