खेलकुद मन्त्री तामाङलाई गृह जिल्ला प्रवेशमा अवरोध

  सिन्धुपाल्चोक, माघ १० । प्रतिनिधिसभा विघटनपछि ओली समूहबाट मन्त्री बनेका युवा तथा खेलकुद मन्त्री दावा तामाङलाई गृह जिल्ला सिन्धुपाल्चोक प्रवेशमा अवरोध गरिएको छ ।

कार्यकर्ता भेलाको सम्बोधनका लागि भन्दै गृहजिल्ला सिन्धुपाल्चोक आउँदै गरेका तामाङलाई बीचबाटोमै अवरोध गरिएको हो । इन्द्रावती गाउँपालिका ४ टाकुरेमा स्थानीयले बीच बाटोमै रूख ढालेर मेलम्चीबाट प्रवेश गर्नमा रोक लगाइएको स्थानीयले जानकारी दिए ।

तामाङ  एेसेलुखर्कमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्न आउनुभएको हो ।


SHARE THIS