दाङमा सशस्त्र प्रहरी झुण्डिएको अवस्थामा फेला

 


लमही, माघ ०७ । दाङमा एक सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् । पूर्वपश्चिम राजमार्ग देखि पचास मिटर उत्तर तर्फ अजम्मरी सामुदायिक वनमा आज बिहान साढे सात बजे प्रहरी जवान झुण्डिएको अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक राजन पौडेलले जानकारी दिए ।


मृतक प्रहरी जवान नुवाकोट घर भएका अन्दाजी २९ बर्षीय रमेश लामा भएको भन्ने बुझिए अन्य कुरा खुल्न सकेको छैन ।  घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक पौडेलले बताए । प्रहरीका अनुसार उनी बारा जिल्लाबाट सरूवा भइ सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा हाजिर हुन आएको बुझिएको छ ।

SHARE THIS