हिटर बालेर सुतेका ८६ वर्षिय वृद्धको जलेर मृत्यु

 


काठमाडाैं, माघ ६ । हिटर बालेर सुतेका एक वृद्धको मृत्यु भएको छ । कलंकीस्थित खड्गा गाउँका ८६ वर्षिय वृद्धको आज बिहान ४ बजे जलेर मृत्यु भएको हो । हिटर बालेर सुतेका वृद्ध बिहान मृत भेटिएका हुन् । लाइन गएपछि छोरा श्यामसुन्दर खड्काले ढोका ढक्ढ्क्याउदा नखोलेपछि ढोका फुटाएर हेर्दा मृत अवस्थामा भेटेको जनाएका छन् । उनको ढाड र पेट जलेको छ भने हिटरसमेत खरानी भएको छ ।


SHARE THIS