राष्ट्रिय महिला लिग : पहिलो जित निकाल्न चन्द्रपुर र चौदण्डीगढी भिड्दै

 

इलाम, माघ १२ । राष्ट्रिय महिला लिग फुटबलमा आज (सोमबार) एक खेल हुँदैछ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। अघिल्लो खेलमा दुवै टोलीले फराकिलो गोल अन्तरको पराजय भोगेका थिए। चौदण्डीगढी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६-० ले पराजित भएको थियो। 

यस्तै चन्द्रपुर पनि एपीएफ क्लबसँग ६-० ले पराजित भएको थियो। अंक विहिन रहेको दुवै टोली दोस्रो खेलमा जित निकाल्दै अंक बटुल्ने लक्ष्यका साथ मैदान उत्रनेछन्। रोजिना श्रेष्ठको कप्तानीमा उत्रिने चन्द्रपुरमा नेपालको यु-१६ र यु-१९ राष्ट्रिय टोलीका सदस्यहरूको बाहुल्यता रहेको छ। यसैगरी चौदण्डीगढीमा प्रदेश-१ टीमबाट खेलेका केही खेलाडीहरू समावेश भएका छन्। दुवै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छैनन्।

SHARE THIS