तुलसीपुरमा अटो र मोटरसाइकल ठोक्किदा युवकको मृत्यु, पाँच घाईते


तुलसीपुर, पुस १९  ।  तुलसीपुरमा मोटरसाईकल र अटोरिक्सा ठोक्किदा एक युवाको मृत्यु भएको छ । तुलसीपुर-३ राम्रीको साततलेबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह २५६७ नम्बरको अटो रिक्सा र सोही दिशाबाट आउदै गरेको रा ६ प ४९०२ नम्बरको मोटरसाइकल ठोक्किदा अटो चालक तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ लाहुरेखोला निवासी २३ बर्षीय मदन वलीको मृत्यु भएको हो ।
 प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार आईतबार बिहान साढे ११ बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । अटो रिक्साले मोटरसाइकललाई ओभरट्याग गर्न खोज्दा दुर्घटना भएको हो ।
साथै दुर्घटनामा परि अटोमा सवार रक्षाचौर निवासी २२ बर्षीय केशब केसी, शान्तिनगर गाउपालिका वडा नं. ३ निवासी १६ बर्षीया रेखा बस्नेत, बाँकेको राप्ती गाउपालिका वडा नं. ३ निवासी १७ बर्षीय एन्जिला शाही, मोटरसाइकल चालक सल्यान बागचौर नगरपालिका वडा नं. १ थारमारेका १९ बर्षीय प्रदिप चलाउने र सोही ठाँउका १७ बर्षीय राजेश बस्नेत घाईते भएका छन् । उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।


SHARE THIS