तुलसीपुरमा करेन्ट लागेर एक जना घाइते

 

तुलसीपुर, माघ १४ । तुलसीपुरमा एक जना करेन्ट लागेर घाइते भएका छन् । बुधबार दिउँसो साढे १२ बजेतिर गुल्म चोकस्थित विद्युतको पोलमा तार तान्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बहादुर सिंहले जानकारी दिएका छन् ।

घाइते हुनेमा बारबर्दिया नगरपालिका–४ निवासी ३२ वर्षिया राजकुमार थारु रहेको छन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । उनी विगत लामो समयदेखि विद्युत लाइन विस्तारको काम गर्दै आएका थिए । साथै उनी हाल तुलसीपुर उपमहागनरपालिका–८ मा कोठा भाँडामा लिइ बस्दै आएका छन् ।


SHARE THIS