इन्दिरा जोशीको 'बेग हानी गाको' मा अन्तर्जातीय प्रेम कथा

गीतको भिडओमा गायिका इन्दिरा जोशी र कर्मा
काठमाडाैं, पुस २२ ।र्चित गायिका इन्दिरा जोशीले नयाँ गीत सार्वजनिक गरेकी छन्। 'बेग हानी गाको' गीत श्रीकृष्ण बम मल्लले लेखेका हुन्। यसको संगीतमा प्रतिष्ठित ब्यान्ड कुटुम्बले साथ दिएका छन्। गीतकाे संगीत संयोजन योगेश काजीको छ।

अलेन श्रेष्ठको निर्देशन रहेको 'बेग हानी गाको'मा माला र कुमार पात्रको अन्तर्जातीय प्रेम कथा देखाइएको छ।

भिडिओमा कर्मा, कविता आले, विनोद भट्टराई र मिश्री थापाले अभिनय गरेका छन्। भिडिओमा गायिका इन्दिरा पनि मुख्य भूमिकामा देखिएकी छिन्।




भिडिओलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। यसमा रबिन श्रेष्ठले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन्।

नेपाली समाजमा उपल्लो जात र तल्लो जात भनेर वर्ग छुट्याइएको छ। यति मात्र होइन, पानी नचल्ने जात भन्दै यहाँ मान्छेले मान्छेलाई शोषण गरिरहेका छन्। भिडिओको कथामा यो देखाइएको छ। अन्तिम समयसम्म मायामा बाधिँएका 'तल्लो जात'को कुमार र 'माथिल्लो जात'की माला सँगै हुन खोज्छन्। तर मालाको परिवार र गाउँले यो सम्भव हुन दिदैँन।

अन्तर्जातीय प्रेम कथा देखाउँदै भिडिओ गाउँको परिवेशमा तयार भएको छ। 'बेग हानी गाको' आइतबार गायिका इन्दिरा जोशीको आधिकारिक युट्युब च्यानल 'इन्दिरा जोशी'बाट सार्वजनिक भएको छ।



SHARE THIS