रसुवामा डढेलो अनियन्त्रित हुँदा सयौं हेक्टर वनमा क्षति

 

काठमाडाैं, पुस २७ । रसुवाको हाकु वन जङ्गलमा लागेको डढेलो नियन्त्रणमा लिन सकिएको छैन । सानो हाकु नजिक फूलबारीदेखि पश्चिम तर्फको जङ्गलमा आइतबार रातिदेखि अचानक लागेको डडेलो नियन्त्रण हुन नसक्दा लारवाङ र हेच्याङ्ब्रा क्षेत्रका वन चपेटामा परेको छ ।     

भीरपाखा र असहज स्थानमा भएकोले डडेलो नियन्त्रण गर्न कठिनाइ भइरहेको डिभिजन वन अधिकृत रामकृष्ण केसीले जानकारी दिए । डढेलो नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयका सहयोगमा नेपाली सेनासमेत परिचालन गरिएको उनले बताए ।      

सेनाका साथै स्थानीय बासिन्दा, वन कार्यालयका कर्मचारीसमेत डढेलो नियन्त्रणमा जुटेका छन् । ती क्षेत्रका सयौं हेक्टर वन डढेलोको चपेटामा परिसकेको वन प्राविधिकले आँकलन गरेका छन् ।     


SHARE THIS