लुम्बिनी पुलिससँग ७४ रनले पराजित

  काठमाण्डौ, माघ ८ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश नेपाल पुलिस क्लबसँग ७४ रनल पराजित भएको छ । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले दिएको तीन सय ११ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ३६ रनमात्र बनाउन सक्यो ।लुम्बिनीका सौरभ खनालले सर्वाधिक ७४ रन बनाउँदा देव खनालले ४९ र सन्दीप रजालीले ४० रनको योगदान गरे । त्यस्तै कृष्ण कार्कीले अविजित ४० रन बनाए । पुलिसका राशिद खान र पवन शर्राफले समान दुई–दुई विकेट लिए । 

यसअघि टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारित ओभरमा चार विकेट गुमाउँदै तीन सय १० रन बनायो । पुलिसका लागि सुनिल धमलाले शतक प्रहार गरे । उनले सात चौका र एक छक्काको मद्दतमा १०४ रन बनाए । यस्तै दिपेन्द्र सिंह ऐरी र पवन शरार्फले अर्धशतक बनाए । दिपेन्द्र सिंहले ८५ तथा पवन शरार्फले ५० रन जोडे । यस्तै आरिफ शेखले २९ र अमित श्रेष्ठले २८ रन बनाए ।

लुम्बिनीका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले एकरएक विकेट लिए ।  

0/प्रतिक्रिया

Previous Post Next Post