काठमाडाैं, माघ १८ । हप्ताको पहिलो दिन आज सुनको भाउ सामान्य बढेको छ ।
सुनकाे भाउ आज तोलामा सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । अस्ति शुक्रवार तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १३ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।