काठमाडौं, पुस २४ । आज सत्तारुढ नेकपाका अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढीको सभालाई सम्बोधन गर्दैछन् ।
नेकपा ओली समूहले आयोजना गरेको सभालाई सम्बोधन गर्न ओली काठमाडौंबाट धनगढीतर्फ प्रस्थान गरेका छन् ।
ओली धनगढी जाने भएपछि सभास्थल वरपर सुरक्षा व्यवस्था कडा बनाइएको छ । त्यस्तै ओलीले सम्बोधन गर्ने सभामा कालो मास्क लगाउन समेत प्रतिवन्ध लगाइएको छ ।
प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री ओली उपत्यका बाहिर पहिलो पटक गएका हुन् ।
प्रधानमन्त्री ओली धनगढी नपुग्दै नेकपा प्रचण्ड-नेपाल समूहले टायर बालेर विरोध प्रदर्शन गरेका छन् । प्रचण्ड-नेपाल समूहका अनेरास्ववियू निकट विद्यार्थीहरुले बिहान टायर बालेर प्रदर्शन गरेका हुन् ।