घोराहीमा बसको ठक्करबाट महिला घाईते

 

दाङ, माघ १५ । घोराहीमा बसको ठक्करबाट एक जना घाईते हुनुभएको छ । दाङको तुलसीपुरबाट काठमान्डुको लागी छुटेको ना ६ ख ९३७ नंम्वरको बसले ठक्कर दिदा घोराहीकी एक महिला घाईते हुनुभएको छ ।

बसले हिजो साझ साढे ७ बजेको समयमा घोराही १० सैडिकुलामा ५५ वर्षिय बसोनी चौधरीलाई ठक्कर दिएको हो । बसको ठक्करबाट घाईते हुनुभएकी घोराही १० झारबैराकी चौधरीको टाउँको चोट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घाईते चौधरीको घोराहीको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

बस चालक घोराही १८ फुर्सेखालीका ४९ वर्षिय गोपाल विक र बसलाई प्रहरीको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो ।


SHARE THIS