सुनचाँदीको भाउ सामान्य घट्यो


 दाङ, माघ ९ । सुनचाँदीको भाउ सामान्य घटेको छ ।

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेर ९२ हजार ९ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ९३ हजार १ सय रुपैयाँ थियो । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ । 

 


SHARE THIS