बम विष्फोट मुद्दामा संलग्न फरार अभियुक्त पक्राउ

 


काठमाडौं, पुस २२ । उदयपुरमा बम विष्फोट मुद्दामा संलग्न रही फरार रहेका अभियुक्त पक्राउ परेका छन् । बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका-२ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

त्रियुगा नगरपालिका-१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई रामपुर क्षेत्रमा फेला पारी पक्राउ गरेको हो । साथै सोही घटनामा संलग्न पवन राईलाई समेत यस अघि पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।


SHARE THIS