राेल्पामा प्रहरीले रोक्यो बालविवाह

राेल्पा, माघ १५ । रोल्पामा बालबिवाह रोकिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको सक्रियतामा बालविवाह रोकिएको हो । 

दाङकी १४ बर्षिया एक बालिका र रोल्पा नगरपालिका ४ का २४ बर्षिय युवक विच हुन लागेको बालबिवाह रोकिएको प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिनुुभएको छ ।

उनीहरुले भागी विवाह गर्न लागेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर अभिभावकहरु संग छलफल गरी उमेर पुगेपछि मात्रै विवाह गर्ने सहमतीमा छोडेको प्रहरी निरीक्षक केसीले बताउनुुभएको छ ।


SHARE THIS