बुटवलमा अपांग बाल अस्पताल तथा सक्षम परियाेजना बार्सिक प्रगति समिक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न


बुटवल, पुस २१ । अपांग बाल अस्पताल तथा सक्षम परियाेजनाको आयोजनाले बुटवलमा बार्सिक प्रगति समिक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेकाे छ । बुटवल सोमबार एक कार्यक्रम गरि सम्पन्न गरेकाे हाे । 

अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रका अस्पताल ब्याबस्थापक प्रकाश यादव अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती जिल्ला समन्वय समितिका अध्यक्ष एकराज बिस्वकर्माले गर्नु भएको थियो , रुपन्देहीका नगरपालिका उपमेयर र गाउँपालिकाको उपाध्यक्ष , सामाजिक बिकास महाशाखा प्रमुख , स्वस्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा.राजेन्द्र गिरिको उपस्थितमा भएको थियोे । 

अपांग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र बनेपा / सक्षम परियाेजना आयोजना तथा सि.बि एम.काे आर्थिक सहयाेग सम्पन्न कार्यक्रममा एच.आर डि.सि.का पुनस्थापना सहायक तुल्सिराम ओलिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सो अस्पतालका अस्पताल ब्याबस्थापक प्रकाश यादवले अस्पतालको इतिहास र गर्दै आएको सेवाको बारे प्रशिक्षण गर्नु भएको थियो भने यसै संस्था तथा सक्षम परियोजनाका संयोजक हिरा के.सि.ले परियोजनाले गरेको बार्सिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । 


रुपन्देही , गुल्मी र अर्घाखाँची तीन जिल्लामा भएको सक्षम परियोजनाको हालसम्मको मुख्य उपलब्धिहरु

 १.अपांगता पहिचान तथा पुनःस्थापन योजना तयार : २,३५९ जना 

 २.श्ल्यकृया उपचार ,सहायक सामग्री र फिजियोथेरपी सेवा पश्चात् १,१२५ जनाको दैनिक क्रियाकलापमा सहजता भएको
३. शिक्षामा निरन्तरता :१३६१ जना 

 ४.सामाजिक क्रियाकलापमा बालबालिकाको सहभागितामा वृद्धि भएको : ९७९ जना 

 ५.सक्षम परियोजनाले स्थानीय सरकार र संघ सस्थासग साजेदारीमा स्वास्थय शिबिर सन्चालन गरेको लगायत अन्य कार्य सम्मान भएको जान्कारी गर्नु भएको थियो । त्यसै गरी बुटवल शाखा जिल्ला सुपरभाइजर दिप न्याैपानेले रुपन्देही जिल्लाको बार्सिक प्रगति प्रतिबेदन प्रस्तुत गर्नु थियो । १.अपांगता पहिचान तथा पुनःस्थापन योजना तयार : १४२६ जना २.श्ल्यकृया उपचार ,सहायक सामग्री र फिजियोथेरपी सेवा पश्चात् ७४० जना ३.शिक्षामा निरन्तरता :७५२ जना ४.सामाजिक क्रियाकलापमा बालबालिकाको सहभागितामा वृद्धि भएको : ७३० जना  ५.सक्षम परियोजनाले स्थानीय सरकार र संघ सस्थासग साजेदारीमा स्वास्थय शिबिर सन्चालन गरेको थियोे । 

 साथै कार्यक्रममा ब्कताहरु बालबालिका र तिनका अभिभावकले आआफ्नो भनाइ राख्नु भएको थियो ।कार्यक्रममा ४०जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएकाे थियाे । यस कार्यक्रमको संचालन सक्षम परियोजनाका पुर्नस्थापन साहायक रुबिना बि.क.ले गर्नु भएको थियो ।

SHARE THIS