माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

 

काठमाडाैं, पुस २६ । सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले माघ १ गते माघे संक्रान्तिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

 

त्यस्तै आज बसेको बैठकले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने गरिए पनि आज प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक बैठक बोलाएका थिए।

 

आज नै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।


SHARE THIS